वुल्फ्सबर्गलाई हराएपछि बायर लेभरकुजेनको १० अंकको अग्रता कायमै
काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधितर्फ लम्किरहेको बायर लेभरकुजेनले आफ्नो १० अंकको अग्रता कायमै राखेको छ । बायर लेभरकुजेनले आइतबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा वुल्फ्सबर्गमाथि २–० गोलको जित हासिल ग¥यो ।
लेभरकुजेनले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको २८औँ मिनेटमै वुल्फ्सबर्ग १० खेलाडीमा समेटिएको थियो । वुल्फ्सबर्गका मोरिज जेन्ज दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसैको फाइदा लेभरकुजेनले उठाएको थियो ।
निर्धारित समयको ३७औँ मिनेटमा नाथन टेल्लाले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि फ्लोरिन रिट्जले अर्को गोल थपेका थिए । जारी सिजनको लिगमा सबै टोलीले २५–२५ खेल खेलिसक्दा बायर लेभरकुजेन ६७ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
बायर्न म्युनिख भने समान खेलबाट ५७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । ५३ अंकसहित स्टुटगार्ट तेस्रो र ४७ अंकसहित बोरुसिया डर्टमन्ड चौथो स्थानमा आसिन छन् । वुल्फ्सबर्ग भने २५ अंकसहित तालिकाको १३औँ स्थानमा छ । लेभरकुजेनले हासिल गरेको यो लगातार छैटौँ जित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण