गुणस्तरहीन खाना बेचेको आरोपमा ३ होटललाई ९ लाख जरिवाना
काठमाडौँ । गुणस्तरहीन खाना बिक्री वितरण गर्ने ३ होटल तथा रेस्टुरेन्टलाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा होटल तथा रेस्टुरेन्टलाई जरिवाना गरेको हो ।
विभागका प्रवक्ता आनन्दराज पोखरेलले ठमेल, सुन्धारा र लाजिम्पाटका होटल र रेस्टुरेन्टलाई कारबाही गरेको जानकारी दिए । उनले नियमित अनुगमनका क्रममा कैफियत भेटिएपछि ठमेलको होटललाई ३ लाख जरिवाना गरेको बताए ।
यस्तै, सो होटलले रिलेबलिङ गरेको वा गुणस्तरहीन वस्तुको मूल्य हेरफेर गरेको पाइएको थियो । यसक्रममा ९ हजार २०९ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्यवस्तुको नष्ट समेत गरिएको छ । यस्तै, सुन्धराको होटलले समेत रिलेबलिङ गरेको पाइएपछि ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
यसबाहेक, लाजिम्पाटको होटलले समेत रिलेबलिङ गरेको वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण