नागरिक उन्मुक्ति पार्टीको बैठक अनिश्चित, रेशम दम्पतीप्रति संस्थापकहरू आक्रोशित
धनगढी । नागरिक उन्मुक्ति पार्टीको संस्थापक समितिको बैठक अनिश्चित भएको छ । कैलालीको टीकापुरमा बस्ने भनिएको बैठक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरी अझैसम्म पुगिनसकेकोले अनिश्चित भएको हो ।
फागुन २१ पछि बदलिएको राजनीतिक समीकरणपछि नाउपाभित्र देखिएको अन्तर्विरोध र अन्योलताका विषयमा छलफल गर्न आज टीकापुरमा बैठक डाकिएको थियो ।
केही दिन अगाडि पार्टी संरक्षक रेशमलाल चौधरीको निर्देशनपछि नाउपाका सांसदहरू सुदूरपश्चिम सरकारमा सहभागी भएका थिए । मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २५ गते राति नाउपाबाट ३ जनालाई मन्त्रीमा नियुक्त गरे ।
त्यसलगत्तै पार्टी अध्यक्ष श्रेष्ठले आफूहरू नयाँ बनेको राजनीतिक समीकरणमा रहेको भन्दै सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन गरिन् । श्रेष्ठका पति समेत रहेका पार्टी संरक्षक चौधरी मन्त्रीहरू फिर्ता नहुने अडानमा छन् । सोही विषयमा विवाद बढेपछि त्यसबारे छलफल गर्न बैठक राखिएको हो ।
तर बैठक अनिश्चित भएको नाउपाका संस्थापक समेत रहेका टीकापुरका मेयर रामलाल डंगौराले बताए । पार्टी अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा समस्या आएको सुनेको बताउँदै उनले बैठकबारे अन्योल कायमै रहेको बताए ।
यसैबिच पार्टी संस्थापकहरू पार्टी अध्यक्ष र संरक्षकप्रति आक्रोशित भएका छन् । पारिवारिक बेमेल पार्टीमा प्रवेश गराइएको भन्दै एक जना संस्थापक सदस्यले आक्रोश व्यक्त गरे ।
रातोपाटीसँग ती संस्थापक सदस्यले भने, ‘नहुने विवाद ल्याइयो । पार्टी मिसन र भिजन कहाँ छैन ? त्यो हेर्नु छैन । पदका लागि विवाद सिर्जना गरियो । जुन गठबन्धनले हामीलाई स्थान दिँदैन भने त्यो गठबन्धनमा व्यक्तिगत स्वार्थ लिएर कुन नैतिकताले समर्थन हुन्छ ?’
सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई सकारात्मक सन्देश र प्रभाव गर्ने गरी जानुपर्ने संस्थापकहरूको जोड रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण