‘ह्याण्ड पम्प’बाट मदिरा निस्कियो, प्रहरी नै चकित

काठमाडौँ । गाउँघरमा खानेपानीका लागि अहिले पनि ‘ह्याण्ड पम्प’ प्रचलनमा छ । तर भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना प्रकाशमा आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । प्रहरीले कहीँ अवैध मदिरा फेला पार्न सकेन ।
झण्डै रित्तो हात फर्किएको प्रहरी टोलीले नजिकै रहेको ‘ह्याण्ड पम्प’ चलाउँदा पानीको साटो मदिरा निस्किएको थियो । ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएपछि केहीबेर प्रहरी नै चकित परेको थियो ।
‘ह्याण्ड पम्प’ गाडिएको ठाउँमा उत्खनन् गर्दा प्रहरीले अवैध मदिराका ड्रम फेला पारेको थियो, जसलाई ‘ह्याण्ड पम्प’मा जोडेर मदिरा निकाल्ने गरिएको थियो ।
प्रहरीले उक्त स्थानबाट ६ सय लिटर अवैध मदिरा बरामद गरेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई महिलालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा