विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, संखुवासभा, पाँचथर, अछाम लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् । प्रहरीको दैनिक बुलेटिनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ भुटनदेवी मोड डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका–२ घर भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका–१ सजग टोल बस्ने ६१ वर्षीया हिरादेवी ठटाल पनि मृत फेला परेकी छन् । ठटाल सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
उता, पाँचथरको कुम्मायक गाउँपालिका–३ हाङठुवा बस्ने ३४ वर्षीया चन्द्रकला तामाङ मृत अवस्थामा फेला परेकी छिन् । उनी सोमबार मृत फेला परेकी हुन् ।
त्यस्तै अछामको मंगलसेन नगरपालिका–३ बिसाकोट सामुदायिक वनको खोलाको किनारमा ८० वर्षीय जहरी सुनार मृत फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–५ बस्ने सुनार सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिका–१ उत्रेणी जाने बाटोस्थित सिचाँई कुलोमा पनि एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण