बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

सोमबार, २८ फागुन २०८०, १७ : ००
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, संखुवासभा, पाँचथर, अछाम लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् ।  प्रहरीको दैनिक बुलेटिनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ भुटनदेवी मोड डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका–२ घर भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उनी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका–१ सजग टोल बस्ने ६१ वर्षीया हिरादेवी ठटाल पनि मृत फेला परेकी छन् । ठटाल सोमबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

उता, पाँचथरको कुम्मायक गाउँपालिका–३ हाङठुवा बस्ने ३४ वर्षीया चन्द्रकला तामाङ मृत अवस्थामा फेला परेकी छिन् । उनी सोमबार मृत फेला परेकी हुन् ।

त्यस्तै अछामको मंगलसेन नगरपालिका–३ बिसाकोट सामुदायिक वनको खोलाको किनारमा ८० वर्षीय जहरी सुनार मृत फेला परेका छन् ।  कैलालीको लम्कीचुहा नगरपालिका–५ बस्ने  सुनार सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिका–१ उत्रेणी जाने बाटोस्थित सिचाँई कुलोमा पनि एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप