सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सोमबार, २८ फागुन २०८०, २३ : ०१
सोमबार, २८ फागुन २०८०

देउखुरी । दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकलमा सवार दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । 

साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप