नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
मङ्गलबार, २९ फागुन २०८०, ०८ : ३०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् ।
संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण