के भयो प्रचण्ड, ओली र नेपालबिच सहमति ?

काठमाडौँ । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताबिचको छलफल सकिएको छ । छलफल सकेर प्रधानमन्त्री प्रचण्ड नयाँ बानेश्वरबाट बाहिरिएका छन् । छलफलमा के सहमति भयो भन्नेबारे नेताहरूले बताइसकेका छैनन् ।
राष्ट्रिय सभा अध्यक्षका मतदान हुनुभन्दा केहीबेर अघि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको हो ।
नेकपा (एकीकृत समाजवादी)ले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो ।
एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव