जनमतले इलाम र बझाङमा आफ्नो उम्मेदवार उठाउने
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न उपनिर्वाचनमा इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार बसेको जनमत पार्टीको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले बताए । साथै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।
जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सो भवनको शिलान्यास गरेका थिए । जनमतले त्यसको विरोध गरेपछि झडप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण