अर्थ
नेप्सेमा उत्साहजनक वृद्धि, ४ अर्बको कारोबार
मङ्गलबार, २९ फागुन २०८०, १५ : १५
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २१११ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ ।
यसक्रममा २२० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण