शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

नेप्सेमा उत्साहजनक वृद्धि, ४ अर्बको कारोबार

मङ्गलबार, २९ फागुन २०८०, १५ : १५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २१११ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ । 

यसक्रममा २२० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको छ । 

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप