बाल मन्दिर विद्यालयको शिक्षिकाको नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारले चलायो मुद्दा
मङ्गलबार, २९ फागुन २०८०, १७ : ३४
काठमाडौँ । तनहुँको व्यास नगरपालिकास्थित श्री बाल मन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेपछि अनुसन्धान गर्दा उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालयबाट उत्तीर्ण गरेको हाइस्कुल तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको फेला परेको हो ।
उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपाध्यायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण