आरती शाहका परिवार र सरकारबिच ५ बुँदे सहमति
काठमाडौँ । आरती शाहका परिवार र गृह मन्त्रालयका अधिकारीहरू बिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवार आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।
२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको पीडित परिवारको आरोप छ । शाहका परिवारसँग ५ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले रातोपाटीलाई बताइन् ।
मङ्गलवारको छलफलपछि भएको सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् । गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् । छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए ।
सर्वोच्च अदालतको आदेश अनुसार ९ पुसमा आरती शाहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबु अहिले थुनामा छन् ।
घटना भएपछि पीडितको जाहेरीका आधारमा प्रहरीले मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरू उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो ।
पीडित परिवारले अनुसन्धान फितलो बनाउने प्रहरीलाई पनि कारवाहिको माग राख्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण