प्रधानमन्त्रीलाई भेटेर उपाध्यक्ष अर्यालले भनिन्- राजीनामा दिन्छु
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिने भएकी छन् । दलहरुको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएपछि अर्यालले राजीनामा दिने भएकी हुन् । अर्याल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
अर्यालले बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझाव मागेकी थिइन् । त्यसक्रममा दलहरुबिच फरक पार्टीबाट अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति भएको माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्मरण गराएका थिए । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अर्यालले आफू राजीनामा दिन तयार रहेको बताएकी थिइन् ।
‘उपाध्यक्षज्युले प्रधानमन्त्रीज्युसँग भेटेर एक दुई दिनभित्र राजीनामा दिन तयार रहेको बताउनुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘उहाँले राजीनामा दिएपछि उपाध्यक्षको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाइसकेको छ भने उपाध्यक्ष एमालेले लिने भनिए पनि एकीकृत समाजवादीलाई चित्त बुझाउन उपाध्यक्ष दिने सहमति भएको नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण