प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनियो कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको आलोचना गरेको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सभामुखको ध्यानाकर्षण गराउँदै बोल्नका लागि समय मागेको थियो । कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएपछि उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरिन् ।
थिङले प्रधानमन्त्रीले विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै त्यसमा कांग्रेसको आपत्ति रहेको बताइन् । उनले भनिन्– ‘उहाँले क्लीन चिट मन्त्री कसरी ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएर ल्याउनुभएछ । साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनुभएछ ।’
बाझिने मुद्दामा फैसला गर्न नमिल्ने कानुनी व्यवस्थाको विपरीत लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेकी छिन् ।
सचेतक थिङले भनिन्– ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैँलाई ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला ? प्रधानमन्त्रीले दिने कि नदिने ?’
उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सिंगो सचिवालय सुन तस्करीमा संलग्न रहेको भन्दै अब सदन सहज ढङ्गले चल्छ भन्ने कुरा नसोच्न पनि चेतावनी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण