प्रधानमन्त्रीको आलोचना गर्दै पाण्डेले भने– विष पिएर हामी तपाईंका साथमा थियौँ तर बाटामा छाड्नुभयो (भिडियो सहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालको राजनीतिमा धोखा र षड्यन्त्र चल्ने गरेको भन्दै भोलि एमाले अध्यक्ष कपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडे वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालत के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै पाण्डेले प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण फेरेकोमा आलोचना गरे ।
‘मेरो केही आलोचना पनि छ सम्माननीय प्रधानमन्त्रीप्रति । मैले विश्वासको मत दिने एउटा ठाउँमा हो । तर उहाँप्रति मैले भन्न पाउने अधिकार पनि छ । यो तेस्रो पटक भोट हाल्दै छु उहाँलाई’, पाण्डेले भने, ‘फागुन १८ गतेसम्म म प्रधानमन्त्रीसँगै थिए । दुई दिनपछि गठबन्धन बदलिएको छ । चार दलले हस्ताक्षर गरेका छन् । ’
पाण्डेले एकीकृत समाजवादी पार्टी व्यक्तिवादका विरुद्ध विद्रोह गरेर जन्मेको शक्ति भएको पनि बताए । ‘विष पिएर हामी तपाईंहरुका साथमा थियौं तर हामीलाई बाटामा छाडेर खोलाले ठुटो बगरमा छोडे जसरी छोडेर हिँड्नुभयो’, पाण्डेले प्रधानमन्त्रीसँग गुनासो गर्दै भने, ‘यो भन्दा अनैतिकता के हुन्छ ?’
उनले प्रचण्डलाई एकचोटी आफ्नो पार्टीको ठाउँमा रहेर सोच्न आग्रह पनि गरे स । ‘ओलीजी र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ? यस्तो खालको व्यवहारप्रति घोर आपत्ति छ’, उनले भने, ‘नेपालको राजनीतिप्रति शंका, षडयन्त्रबाट उँभो लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण