‘परमाणु युद्धका लागि रुस तयार’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् । रुस प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने उनले भनेका छन् ।
रुसमा राष्ट्रपति निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा पुटिनको यो अभिव्यक्ति आएको हो । यस निर्वाचनपछि उनी अर्को ६ वर्षका लागि सत्तामा रहने निश्चित प्रायः छ । परमाणु युद्ध हुन सक्ने परिदृश्य अहिले नदेखिएको र युक्रेनमा परमाणु अस्त्र नै चलाउन जरुरी आफूले नदेखेको पनि उनले बताएका छन् ।
तर सैन्य र प्राविधिक हिसाबले आफूहरू तयार रहेको पुटिनको भनाई छ । परमाणु युद्धका लागि रुस तयार छ कि छैन भनेर सोधिएको प्रश्नको उत्तर दिने क्रममा रोसिया–१ टिभी र समाचार एजेन्सी रियासँगको कुराकानीमा पुटिनले यस्तो जवाफ दिएका हुन् । अमेरिकाले युक्रेनमा आफ्नो सेना पठाएमा यसलाई रुसले हस्तक्षेप ठान्ने कुरा अमेरिकाले बुझेको पनि उनले बताएका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र पश्चिमी देशहरूसँगको रुसको सम्बन्धमा सन् १९६२ यताको ठुलो संकट आएको छ । पश्चिमी देशहरुले परमाणु युद्धका लागि आफूलाई भड्काएको भन्दै कयौँ पटक पुटिनले चेतावनी पनि दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण