सिके राउतको रविलाई चुनौती– ‘कुम जोडेर बसेका गौर नरसंहारकर्तालाई कारबाही गरेर देखाउन सक्नुहुन्छ ?’ (भिडियो सहित)
काठमाडौँ । जनमत पार्टीका संसदीय दलका नेता एवं सांसद सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई गौर नरसंहारकर्तालाई कारबाही गर्न चुनौती दिएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कार्यक्रममा बोल्दै उनले सो चुनौती दिएका छन् ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले गौर घटनाको प्रतिवेदन आफूले प्रिन्ट गरेर ल्याइदिएको बताउँदै सँगै कुम जोडेर सरकारमा बसेका सो घटनामा संलग्नलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने– ‘तपाईंहरुलाई गौर नरसंहारको बारेमा थाहा छैन होला, भर्खर प्रतिवेदन प्रिन्ट गरेर ल्याइदिएको छु, त्यो नरसंहार हुँदा बलात्कार गरेर जिउँदै जलाएर, गोप्य अंगमा लाठी भाला रोपेर २७ जनाको निर्मम हत्या गरिएको थियो । तिनैसँग आज तपाईंले कुम जोडेर बस्नुभएको छ, तिनलाई कारबाही गर्ने तपाईंको ल्याकत छ ? छ भने त्यो पनि देखाउनुहोला भनेर अनुरोध गर्न चाहन्छु ।’
सांसद राउतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनीहरुले सत्र हजार जोड २ को कुरा उठाएर सरकारमा गएकोमा शुभकामना दिँदै त्यही बेला प्रहरीको गोलीबाट मारिएको मधेसीको आँकडा नजोडेकोमा भने आपत्ति व्यक्त गरे ।
निर्वाचनमा गठबन्धन गर्नु कति घात हुन्छ भन्ने कुरा अहिले देखिएको बताउँदै उनले भने– ‘छातीमा छर्रा भएको व्यक्तिलाई बुर्जुवालाई नै भोट हाल भन्नु, जसको घरमा जसले हत्या गरेको छ, उसैलाई नै भोट हाल भन्नु कति घातक छ भन्ने देखाइरहेको छ । कि त निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति रोक्ने खालको ऐन कानुन ल्याउन सक्नुपर्यो । या त व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्यो । जनताले हामीलाई दिएको विश्वासको मत हामीले यहाँ बचाउन सकेका छैनौँ ।’
उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्न माग गरेका छन् । गठबन्धनले गर्दा जनतालाई के उपलब्धि भयो त्यसको पनि मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरे । राउतले अहिलेको गठबन्धनको सरकारलाई समर्थन दिन नसक्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण