इलाममा सुन्तला उत्पादन घट्यो
इलाम । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तलाखेती गरिने क्षेत्र घटेको छ । विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तलाखेती हुने क्षेत्र घटेको हो । गत वर्ष दुई सय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुई सय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण