कानुन तथा न्यायको क्षेत्रमा योगदान पुर्याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने
काठमाडौँ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने भएको छ । बुद्ध एयरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि बुद्ध एयरले रु. पच्चिस लाखको अक्षय कोषको स्थापना गरेको जनाएको हो ।
सम्झौतामा बुद्ध एयरका तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसन तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले हस्ताक्षर गरेका छन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिनेछ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु। पाँच लाख रकम पनि प्रदान गरेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैङ्कहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैङ्कको मुद्दती खातामा रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३,००,००० पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिने जनाइएको छ ।
स्व। सुरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश थिए । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष हुन् । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगका अध्यक्ष भएर पनि सेवा पुर्याएका थिए ।
बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाजहरु रहेका छन् । बुद्ध एयरले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छन् ।
बुद्ध एयर पोखराबाट नेपालगञ्ज, भरतपुर तथा भैरहवाको सिधा उडान भरिरहेको छ । यसले साताको दुई दिन भारतको वाराणसी पनि उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण