अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु
कराँची । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र वेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए ।
सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ ।”
“बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पुराना सवारी साधन र चालकको लापर्बाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् ।
पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।
पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ । - (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण