च्याम्पियन्स लिग : बोरुसिया डर्टमुन्ड अन्तिम ८ मा प्रवेश
काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएएफ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । बुधबार राति भएको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब पीएसभीलाई २–० ले पराजित गरेको डर्टमुन्डले समग्रमा ३–१ को नतिजा निकाल्न सफल भयो ।
पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा डर्टमुन्डले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि जाडोन सान्चोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको इन्ज्योरी टाइममा मार्को रेयुसले गोल थपेपछि डर्टमुन्डले दोस्रो लेगमा २–० को सहज जित निकाल्न सफल भयो ।
डर्टमुन्डको क्वाटरफाइनल प्रवेशसँगै अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनका तीन क्लब पुगेका छन् ।
स्पेनिस ला लिगाका रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले स्थान बनाएका हुन् । यसैगरी प्रिमियर लिगका दुई क्लब म्यानचेस्रट सिटी र आर्सनलले अन्तिम ८ मा स्थान बनाए । यसैगरी जर्मन बुन्डेस लिगाका दुई क्लब बार्यान म्युनिख र बोरुसिया डर्टमुन्डले अन्तिम ८ मा स्थान बनाउँदा फ्रेन्च लिग वान खेल्ने पीएसजीले स्थान पक्का गरहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ शुक्रबार हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण