एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो ।
राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछिखेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो लेगमा २–१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो ।
निर्धारित समयको ३३ औँ मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो । ३५ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे । ८७ औँ मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टिमबाट गोल भएन ।
अतिरिक्त ३० मिनेट थप गरिएको थियो । त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा एट्लेटिकोले ३–२ ले बाजी मार्न सफल भयो । एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए । ३ खेलाडीको प्रहार मिस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण