आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहीबार, ०१ चैत २०८०, ०८ : २९
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो । 

राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछिखेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो ।

पहिलो लेगमा २–१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो ।

निर्धारित समयको ३३ औँ मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो । ३५ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे । ८७ औँ मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टिमबाट गोल भएन । 

अतिरिक्त ३० मिनेट थप गरिएको थियो । त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा एट्लेटिकोले ३–२ ले बाजी मार्न सफल भयो । एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए । ३ खेलाडीको प्रहार मिस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप