अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु, एक घाइते
बिहीबार, ०१ चैत २०८०, ११ : ५१

सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु भएको छ । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको त्यो खानीमा ५०० मिटरको पत्थरको थुप्रो खसेको थियो । यस घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए ।
खानीमा काम गरिरहेका २९ जना मानिसहरूले नजिकै रहेको ‘सेफ्टी पड’मा आश्रय लिएको बताइएको छ । घटना भएको चार घण्टापछि घाइतेको उद्धार गरिएको थियो । यस घटनाको अनुसन्धान गरिने भएको छ । खानीको प्रवेश द्वारबाट करिब ३ किमी परको घटनास्थलमा बिहीबार बिहान ३७ वर्षका एक पुरुषको शव भेटिएको थियो ।
सन् २०२१ मा खानीको एउटा सुरुङ भत्किएपछि नियामकहरूले खानीको अघिल्लो सञ्चालकको नाममा नोटिस जारी गरेका थिए । सन् २००७ मा सोही खानीको सुरुङमा ढुङ्गा खसेर २७ जना कामदार फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै : यस्तो सम्भावित कार्यसूची
-
गुजरातको शानदार जीतमा तोडिए यी रेकर्ड
-
गुजरातसँगै बेंगलुरु र पञ्जाब आईपीएलको प्लेअफमा
-
आर्सनलसँगको हारले न्यूक्यासल तनावमा, च्याम्पियन्स लिग यात्रा चुनौतिपूर्ण
-
जो बाइडेनलाई 'आक्रामक' प्रोस्टेट क्यान्सर भएको पुष्टि
-
गोलरहित बराबरीले धकेलियो इटालियन सिरी’एको उपाधि छिनोफानो