अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु, एक घाइते
बिहीबार, ०१ चैत २०८०, ११ : ५१
सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु भएको छ । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको त्यो खानीमा ५०० मिटरको पत्थरको थुप्रो खसेको थियो । यस घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए ।
खानीमा काम गरिरहेका २९ जना मानिसहरूले नजिकै रहेको ‘सेफ्टी पड’मा आश्रय लिएको बताइएको छ । घटना भएको चार घण्टापछि घाइतेको उद्धार गरिएको थियो । यस घटनाको अनुसन्धान गरिने भएको छ । खानीको प्रवेश द्वारबाट करिब ३ किमी परको घटनास्थलमा बिहीबार बिहान ३७ वर्षका एक पुरुषको शव भेटिएको थियो ।
सन् २०२१ मा खानीको एउटा सुरुङ भत्किएपछि नियामकहरूले खानीको अघिल्लो सञ्चालकको नाममा नोटिस जारी गरेका थिए । सन् २००७ मा सोही खानीको सुरुङमा ढुङ्गा खसेर २७ जना कामदार फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण