बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सांसद सुवालको माग
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य तथा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । फरक सत्ता समीकरण नेपाली काँग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष, २०८१-८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता फेर्न सभामुखमार्फत सांसद सुवालले सरकारसँग माग गरेका हुन् ।
‘नेपाली काँग्रेसको कार्यक्रममा र नेकपा एमालेको कार्यक्रम एउटै हुन सक्छ र ?’ प्रश्न राख्दै सांसद सुवालले अर्थमन्त्रीको नेतृत्व फेरिएसँगै काँग्रेसले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता फेरिनुपर्ने बताए ।
गत फागुन १४ गते निवर्तमान अर्थमन्त्री डा महतले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका थिए । तर, उक्त विधेयकमाथि छलफल हुन नपाउँदै नेपाली काँग्रेस नेतृत्वको सत्ता समीकरण भत्किएर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) को समीकरणमा सरकार बनेको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको अर्थमन्त्रीमा हाल पार्टीकै उपमहासचिव वर्षमान पुन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण