आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

उपत्यकाका विभिन्न विहारबाट नागबहाल पुर्‍याइयो बुद्ध प्रतिमा (तस्बिरहरू)

बिहीबार, ०१ चैत २०८०, १३ : १५
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ ।  काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । हरेक ५ वर्षमा हुने सम्यक् महादान पर्व मनाउने क्रममा नागवहालमा बुद्ध प्रतिमा प्रदर्शन गरिएको हो । 

महादानका लागि ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर र चोभारका दिपङ्कर बुद्धका प्रतिमाहरूसहित अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा लगायतका प्रतिमा नागबहाल पुर्याइएको हो । 

फागुन शुक्ल तृतीयाको दिन सुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । सबै प्रतिमा जम्मा गरेर बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्‍याइएको थियो । 

७ सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो । त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ ।  यो पटक ४ सय ७३ औँ सम्यक् महादान पर्व आयोजना गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू : 

budda-pratima (1)budda-pratima (2)budda-pratima (3)budda-pratima (4)budda-pratima (5)budda-pratima (6)budda-pratima (7)budda-pratima (8)budda-pratima (9)budda-pratima (10)budda-pratima (11)budda-pratima (12)budda-pratima (13)budda-pratima (14)budda-pratima (15)budda-pratima (16)budda-pratima (17)budda-pratima (18)budda-pratima (19)budda-pratima (20)budda-pratima (21)budda-pratima (22)budda-pratima (23)budda-pratima (24)budda-pratima (25)budda-pratima (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप