संसद् बैठक
सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस
बिहीबार, ०१ चैत २०८०, १३ : ४६

काठमाडौँ । वहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस भएको छ । विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधिसभामा पेस गरेका हुन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेस गरेका हुन् ।
कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर