फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने
काठमाडौँ । नेपालमा आगामी महिनाबाट फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने भएको छ । आगामी महिनादेखि ‘टिस्यु कल्चरको ल्याब’ बाट फूलको बिउ उत्पादन हुने भएको हो ।
बिहीबार भृकुटीमण्डपमा चार दिने पुष्प मेलाको उद्घाटन गर्दै पुष्प विकास केन्द्रका अध्यक्ष रवीन्द्र थापाले प्रयोगशालाको तयारी अन्तिम चरणमा रहेको बताए । ‘टिस्यु कल्चर ल्याबको लगभग तयारी पुरा भएको छ’ उनले भने, ‘आगामी महिनाबाट सो ल्याब सञ्चालन गर्छौँ ।’
हाल नेपालमा उत्पादन हुने फूलको बिउ अधिकांश आयातित रहेको उनको भनाइ थियो । २५ औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबारदेखि ४ गतेसम्म सो मेला जारी हुनेछ ।
मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख गरेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सो मेला आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण