निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउनु हुँदैन : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरूमा रहेको निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताएका हुन् ।
उनले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे ।
उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरू विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताए । उनले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्न सक्ने बुझिएकाले हटाउन माग गरे ।
उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानुन बनाउन नहुने बताए । उनले नेपाल आफैँ विकासोन्मुख देश भएकाले धेरै पूर्वाधारहरू बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताए । उनले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताए ।
उनले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालीन स्रोतको रूपमा हेर्नुपर्नेमा जोड दिए । उनले वातावरण र जलवायु परिवर्तनलाई थप असर पुर्याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए । उनले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण