नेप्से सूचक झण्डै २८ अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो । आज बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।
सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन् ।
आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
२७ अंकमाथिले नेप्से सूचक घटेको यसदिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज वीइन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०२ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण