संसद् बैठक
मुलुक आर्थिक मन्दीमा गएको पूर्वअर्थमन्त्री पौडेलको दाबी
बिहीबार, ०१ चैत २०८०, १५ : ४२

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको बताए ।
बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री डा.महतले बुझ्न नसकेको बताए ।
किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री डा.महतले नजरअन्दाज गरेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य