संसद् बैठक
मुलुक आर्थिक मन्दीमा गएको पूर्वअर्थमन्त्री पौडेलको दाबी
बिहीबार, ०१ चैत २०८०, १५ : ४२
काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको बताए ।
बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री डा.महतले बुझ्न नसकेको बताए ।
किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री डा.महतले नजरअन्दाज गरेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण