काठमाडौँ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा फ्लोरा एक्स्पो सुरु भएको हो ।
_e8oKIR6vio.jpg)
पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला प्रदर्शनी आयोजना गर्दै आइरहेको छ। यसपटक मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक संवृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ।
_7RiDMfG4Cb.jpg)
एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल छन्।
_MSXSI9uNXb.jpg)
विगतका वर्षझैँ यो वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) प्रतिस्पर्धा समेत गराइएको छ।
_USiAb1YBXJ.jpg)
पुष्प मेलामा मौसमी फूल, फूल फुल्ने तथा नफूल्ने आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, थोपा सिचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष छन्।
_7eui3E8IvR.jpg)
_dW8h0248xE.jpg)
_QCxVL7XcAt.jpg)
_18GS6dEhp9.jpg)
_yrFkcg2MNf.jpg)
_X3ISxJhLHV.jpg)
_T2ZRJZVDJR.jpg)
_7NiF79Q1D0.jpg)
_p6WobPJ4dS.jpg)
_z3lNeZdApV.jpg)
_MROuZuz20E.jpg)
_oBgvZp6lqn.jpg)
_m7jlhw99P2.jpg)
_sMwPx9Ut3B.jpg)
_kriRi0gLJH.jpg)
_FJBrMhS1nC.jpg)
_kLoyYdDO7n.jpg)
_9isXpz3sX6.jpg)
_2nLn5MWmDB.jpg)
_y49sQ9M7pk.jpg)
_DzFewIw7xm.jpg)
_kdJg94iUIY.jpg)
प्रतिक्रिया