प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।
प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उनको भनाइ थियो ।
उनले भने, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’
आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण