सिङ्गो नेपाल फिल्म निर्माताका लागि स्टुडियो हो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल भएको बताएकी छन् । बिहीबार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम सङ्गम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाङ्कनका लागि महत्त्वपूर्ण स्थल भएको बताइन् । उनले सिङ्गो नेपाल फिल्म निर्माताहरूका लागि स्टुडियो भएको बताइन् ।
मन्त्री शर्माले नेपालका रमणीय प्राकृतिक सम्पदाहरूको सामीप्यमा गरिने छायाङ्कन मात्रै नभई कहिल्यै पराधीन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि कथावस्तु हुने बताइन् । उनले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन मौलिक एवं स्तरीय चलचित्र निर्माणमा लाग्नुपर्ने बताइन् । चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको उनले बताइन् । उनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने बताइन् । मौलिक संस्कृति लोप हुन नदिन नेपाली मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा आधारित चलचित्र धेरै निर्माण गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्त्वपूर्ण स्थल हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम सङ्गम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाङ्कनका लागि महत्त्वपूर्ण स्थल हो । त्यसैले हामीले भन्ने गर्दछौँ, सिङ्गो नेपाल फिल्म मेकरका लागि स्टुडियो हो । यसलाई त्यही ढङ्गबाट विकास गर्न आवश्यक छ । यहाँका रमणीय प्राकृतिक सम्पदाहरूको सामीप्यमा गरिने छायाङ्कन मात्रै होइन कहिल्यै पराधीन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास र सामाजिक, सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि कथावस्तु पनि हुन् ।’
मन्त्री शर्माले चलचित्र क्षेत्रबाट नेपाली संस्कृतिको संस्कार, संस्कृतिको जगेर्ना र प्रचारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण