बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘लन्डन टु पेरिस’को फष्टलुक्समा रोमान्टिक साम्राज्ञी र निश्चल, रिलिज २५ जेठमा

बिहीबार, ०१ चैत २०८०, २० : ४७
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘लन्डन टु पेरिस’ आगामी जेठ २५ गतेदेखि सार्वजनिक हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै  प्रदर्शन मिति बाहिर ल्याएको हो ।

फिल्ममा साम्राज्ञीको जोडी डेब्यू अभिनेता निश्चल खड्का बनेका छन् । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक मुडमा लिपलक अवतारमा देख्न सकिन्छ ।

फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुख्य भूमिका रहेको छ । मोडल गरिमाले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

ट्राभल लभस्टोरीको कथा बताइएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल फिल्मका  सह–निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यसलाई वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप