‘लन्डन टु पेरिस’को फष्टलुक्समा रोमान्टिक साम्राज्ञी र निश्चल, रिलिज २५ जेठमा
काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘लन्डन टु पेरिस’ आगामी जेठ २५ गतेदेखि सार्वजनिक हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
फिल्ममा साम्राज्ञीको जोडी डेब्यू अभिनेता निश्चल खड्का बनेका छन् । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक मुडमा लिपलक अवतारमा देख्न सकिन्छ ।
फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुख्य भूमिका रहेको छ । मोडल गरिमाले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
ट्राभल लभस्टोरीको कथा बताइएको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल फिल्मका सह–निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यसलाई वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण