रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते
बिहीबार, ०१ चैत २०८०, २१ : १२
बुटवल । रुपन्देहीमा ट्याक्टर दुर्घटना भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका–५ दुइमुहानमा ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार कोटहीमाइ गाउँपालिका– ७ मा हुन लागेको श्रीमत भागवनको लागि जल लिन गएको लु१त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सवित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएकाले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण