लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा
काठमाडौं । इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५–१ को जित निकालेको लिभरपुलले समग्रमा ११–२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।
बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए । युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ ।
बिहीबार रातिको खेलमा भिल्लारियल ३–१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५–३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । यस्तै, रेन्जर्सविरुद्ध १–० को जित निकालेको बेनफिका समग्रमा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ ।
त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५–० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५–१ को नतिजा निकाल्न सफल भयो । दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३–१ को जित निकालेको एसी मिलानले समग्रमा ७–१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राइटनले रोमालाई १–० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो । रोमाले पहिलो लेगमा ४–० को जित निकालेकाले अन्ततः रोमा नै ४–१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।
त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो । यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को जित निकालेको थियो । यो जितसँगै समग्रमा ५–४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण