शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस

शुक्रबार, ०२ चैत २०८०, १२ : ००
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । ६० किलो सुन प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा उनको ‘कनेक्सन’ देखिएको ठहर सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

केसी पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथी हुन् । ६० किलो सुनमा उनको संलग्नता देखिएको आयोगको निष्कर्ष छ । बेल्जियन नागरिक दावा छिरिङको मोबाइलको फरेन्सिक जाँच गर्दा केसीको संलग्नता पुष्टि भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

आयोगले केसी र पूर्व सभामुख महरा सहित ७ जनालाई पूरक अभियोग मार्फत अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप