बिध ल्याबका सञ्चालक भण्डारीलाई मुद्दा चलाउन सिफारिस
शुक्रबार, ०२ चैत २०८०, १२ : १९
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुनमा संलग्न आरोपमा भीमकान्त भण्डारी मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई मुद्दा चलाउन सिफारिस गरेको हो । विध ल्याबका सञ्चालक भण्डारीलाई यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो ।
भण्डारी र सुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । उनको मोबाइल प्रहरी प्रधान कार्यालय डिजीटल फरेन्सिक ल्याबमा पठाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूसँग भण्डारीले कोरोना सङ्क्रमण उच्च भएको समयमा चीनबाट सुरक्षा सामग्री ल्याउने प्रसङ्गमा दावासँग कुराकानी भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण