शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बिध ल्याबका सञ्चालक भण्डारीलाई मुद्दा चलाउन सिफारिस

शुक्रबार, ०२ चैत २०८०, १२ : १९
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुनमा संलग्न आरोपमा भीमकान्त भण्डारी मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई मुद्दा चलाउन सिफारिस गरेको हो । विध ल्याबका सञ्चालक भण्डारीलाई यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो ।

भण्डारी र सुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । उनको मोबाइल प्रहरी प्रधान कार्यालय डिजीटल फरेन्सिक ल्याबमा पठाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूसँग भण्डारीले कोरोना सङ्क्रमण उच्च भएको समयमा चीनबाट सुरक्षा सामग्री ल्याउने प्रसङ्गमा दावासँग कुराकानी भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप