कांग्रेस सांसद्ले गरे प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । शुक्रबार दिउँसो राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए । सभामुखले उठेर विरोध गरेका सांसद्हरुलाई बस्न आग्रह गरेपनि सांसद्हरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसद्हरुले पुन विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण