मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ : वामदेव गौतम
शुक्रबार, ०२ चैत २०८०, १४ : ३७
काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
राजतन्त्रलाई अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले ३ वटा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गरे ।
सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गरे ।
सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण