अपराध
विराटनगरमा एक स्टाफ नर्सको हत्या
शुक्रबार, ०२ चैत २०८०, १५ : १७
विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।
हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
-
पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
-
मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
-
स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा: कस्तो रह्यो उनको ६ विश्वकप करियर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण