फिफा विश्वकप २०२६
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
मङ्गलबार, २३ असार २०८३, ०६ : ०६
सारांश
- फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकाविरुद्ध नवौँ मिनेटमा चार्ल्स डे केटेलारेको गोलबाट अग्रता लिएको छ।
- बेल्जियमले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै अमेरिकामाथि दबाब सिर्जना गरेको छ।
- यस खेलको विजेताले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकाविरुद्ध उत्कृष्ट सुरुआत गर्दै अग्रता बनाएको छ।
सिएटल रंगशालामा जारी खेलको नवौँ मिनेटमा चार्ल्स डे केटेलारेले निकोलास रास्किनको पासमा सहज गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए।
बेल्जियमले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै अमेरिकामाथि लगातार दबाब सिर्जना गरेको छ।
घरेलु समर्थकको साथ पाएको अमेरिका भने सुरुआती समयमै दबाबमा परेको छ। रक्षापंक्ति कमजोर देखिँदा बेल्जियमले पटक–पटक अवसर सिर्जना गरेको छ।
एक खेलको निलम्बन स्थगित भएपछि अमेरिकी फरवार्ड फोलारिन बालोगुन यस खेलमा पुनः टोलीमा फर्किएका छन्। खेलअघि उनको सहभागिताबारे निकै चर्चा भएको थियो।
यस खेलको विजेताले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण