लोसपाको केन्द्रीय समितिको बैठक चैत ६ गतेदेखि
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । विभिन्न कारण पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।
महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए ।
बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यी विषयमा प्रतिवेदन तयार भइसकेको छ भने अध्यक्ष महन्थ ठाकुरले यसका लागि विभिन्न कार्यदल समेत गठन गरेका थिए ।
वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन । तर, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी छ । अब प्रदेश सरकारमा सहभागिताका विषयमा पनि बैठकले ठोस निर्णय गर्ने बताइएको छ ।
लोसपाले असोज ८ गते गठन गरेको ३११ सदस्यीय केन्द्रीय समितिको यो दोस्रो बैठक हो । पहिलो बैठक मंसिर २४ गते बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण