लोसपाको केन्द्रीय समितिको बैठक चैत ६ गतेदेखि

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । विभिन्न कारण पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।
महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए ।
बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यी विषयमा प्रतिवेदन तयार भइसकेको छ भने अध्यक्ष महन्थ ठाकुरले यसका लागि विभिन्न कार्यदल समेत गठन गरेका थिए ।
वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन । तर, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी छ । अब प्रदेश सरकारमा सहभागिताका विषयमा पनि बैठकले ठोस निर्णय गर्ने बताइएको छ ।
लोसपाले असोज ८ गते गठन गरेको ३११ सदस्यीय केन्द्रीय समितिको यो दोस्रो बैठक हो । पहिलो बैठक मंसिर २४ गते बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो