पार्टी सभापतिविरुद्ध कुनै उजुरी परेको छैन : श्रममन्त्री आर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार आरोप लगाइएको बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी सम्बन्धी केही प्रश्नहरू गृहमन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन आग्रह गरे । उनले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्नेकुरा राम्रो नरहेको बताए । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ ।
उनले भने, ‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहिँ कहाँ लागेको छ । कसले लगाएको छ ? राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरूले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छाँै ।’
श्रममन्त्री आर्यालले कुनै राजनीतिक दलका नेताहरूले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमाण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण