‘रवि लामिछानेको काम हेर्नुपर्छ, राजनीतिक पूर्वाग्रह होइन’
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेको जिकिर गरेकी छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले लामिछानेको काम हेरेर मूल्यांकन गर्न प्रतिपक्षलाई सुझाव दिइन् ।
‘एउटा राजनीतिक पूर्वाग्रहको आधारमा होइन । काम हेर्नुपर्छ’, उनले भनिन्, ‘कोहीको कमजोरी भयो भने त स्वाभाविक ढंगले सरकार छाडेर जाने वा राजीनामा दिएर जाने स्थिति बन्छ ।’
तर, अहिले जुन ढंगले राजीनामा माग भइरहेको छ, यो राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको उनको भनाइ छ । यद्यपि मन्त्रिपरिषद् बैठकमै भने यस विषयमा कुनै छलफल नभएको उनले दाबी गरिन् ।
उनले सरकार संसद्लाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पनि आलोचना र समर्थन कामको आधारमा गर्नुपर्नेमा जोड दिइन् ।
उनले पूर्वाग्रह साँधेर संसद्लाई काम गर्न नसक्ने अवस्था पुर्याइन नहुने पनि धारणा राखिन् । आजै बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगीमा जोडिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै संसद् चल्न दिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण