शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएका अध्यक्ष कुँवरले भित्र्याए कोरियाका कृषि उत्पादन

बीजे इन्टरनेशनल र किम्जे कृषि सहकारी संस्थाबिच सम्झौतामा हस्ताक्षर
शुक्रबार, ०२ चैत २०८०, २० : ०९
शुक्रबार, ०२ चैत २०८०

१० औँ महाधिवेशनदेखि छुट्टै गतिविधि गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका सामाग्रीहरू स्वदेशमा बिक्री वितरण गर्नका लागि कोरियन कम्पनी भित्र्याएका छन् । 

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत सञ्चालित किम्जे कृषि सहकारी संस्था र नेपालको बीजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री बिक्री वितरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  

किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र बीजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले बिहीबार ललितपुरको कोरियन बार्बिक्यु रेस्टुरेन्टमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् । 

कोरियामा रहेका कृषकहरूले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरू नेपालमा बिक्री वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको अध्यक्ष विनोद कुँवरले जानकारी दिए । 

418703082_996460155476762_4697693092004804809_n

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बाग्मती प्रदेशका सांसद युवराज चौलागाईको उपस्थिति रहेको थियो । सांसद चौलागाईले नेपाल कृषिप्रधान देशमा कोरियन प्रविधिको आवश्यकता रहेको हुँदा नेपालमा लगानी भित्र्याउन कोरियनहरूलाई आग्रह गरे । 

कोरियाका विभिन्न क्षेत्रका कृषि सहकारीका सञ्चालकहरू नेपाल भ्रमणमा आएको अवसरमा सम्झौता गरिएको हो । 

कोरियाको सरकारी बैङ्कको लगानी रहेका कृषि सहकारी अन्तर्गत विभिन्न कृषकले उत्पादन गरेका सामाग्री नेपालमा भित्र्याउने मात्र नभएर नेपालमा नै कोरिया सरह उत्पादनका लागि भोलिका दिनमा काम गर्ने जनाइएको छ । 

कोरियामा कर्मथलो बनाएका कुँवरले कोरियाको लगानी स्वदेशमा ल्याएर विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । 

कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कोरियनहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप