‘मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताएकी छन् । संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा आज यहाँ आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताइन् ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गरे ।
रेग्मीसहित ६ जना पुरस्कृत
समाजले राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीसहित ६ जनालाई पुरस्कार प्रदान गरेको छ । समाजको छैटौँ वार्षिकोत्सव एवं साधारणसभाका अवसरमा राससकर्मी रेग्मीलाई रु १० हजार नगद राशिसहित ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
यसैगरी ‘संस्कार मानवसेवा सम्मान’ वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेलाई, ‘संस्कार जनसेवा सम्मान’ ग्रिनसिटी अस्पतालकी अर्थ निर्देशक रेणुका गुरुङलाई, ‘संस्कार सामाजिक सेवा सम्मान’ मित्रनगर टोल विकास समाजकी अध्यक्ष गङ्गा पन्तलाई प्रदान गरिएको छ ।
यस्तै ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति सिर्जना पुरस्कार’ वरिष्ठ समालोचक राजकुमार बानियाँ र ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति समाजसेवा पुरस्कार’ वरिष्ठ समाजसेवी मनि लामालाई प्रदान गरिएको संस्थाका सचिव प्रकाश समिरले जानकारी दिए । बानियाँ र लामालाई पनि जनही रु १० हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण