त्रिवि परीक्षा तालिका : स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर आयो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुनः सार्वजनिक गरेको हो।
यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।
आज पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ। परीक्षा दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने पनिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
परीक्षा दिने केही विद्यार्थीको परीक्षा आवेदन फाराम छुटेको पाएकाले चैत ८ गतेभित्र भर्न समय दिएको छ। उक्त समयभित्र दोब्बर दस्तुर तिरेर सम्बन्धित क्याम्पसमार्फत परीक्षा आवेदन फाराम बुझाउनुपर्ने पनिकाले जनाएको छ।
(1)_1_nZESKeMpnZ.jpg)
(1)_2_l1hg6iwrqY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण