कर्णालीलाई हराउँदै आर्मीलाई उपाधि
विराटनगर । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको हो ।
जीतका लागि १११ रनको लक्ष्य पाएको आर्मीले ४६ बल अगावै मात्र एक विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । आर्मीका लागि प्लेअर अफ द म्याच घोषित तीर्थराज दासले अर्धशतकीय पाली खेले । उनले ३३ बलमा पाँच चौका र २ छक्का हिर्काए । त्यस्तै, ओपनर इमरान शेख ३८ रन बनाएर नटआउट रहे । विकेटकिपर सन्तोष कार्कीले २१ रन बनाए । कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो । विपिन रवालले सर्वाधिक २७ रन बनाउँदा ओपनरद्वय रवीन्द्र शाही र मनिष थापाले समान २१–२१ रन बनाए । आर्मीका तीर्थराज दास, बासिर अहमद, शाहब आलम र सुमित श्रेष्ठले २–२ विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण