बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीलाई हराउँदै आर्मीलाई उपाधि

शनिबार, ०३ चैत २०८०, १५ : ३५
शनिबार, ०३ चैत २०८०

विराटनगर । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको हो ।

जीतका लागि १११ रनको लक्ष्य पाएको आर्मीले ४६ बल अगावै मात्र एक विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । आर्मीका लागि प्लेअर अफ द म्याच घोषित तीर्थराज दासले अर्धशतकीय पाली खेले । उनले ३३ बलमा पाँच चौका र २ छक्का हिर्काए । त्यस्तै, ओपनर इमरान शेख ३८ रन बनाएर नटआउट रहे । विकेटकिपर सन्तोष कार्कीले २१ रन बनाए । कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो । विपिन रवालले सर्वाधिक २७ रन बनाउँदा ओपनरद्वय रवीन्द्र शाही र मनिष थापाले समान २१–२१ रन बनाए । आर्मीका तीर्थराज दास, बासिर अहमद, शाहब आलम र सुमित श्रेष्ठले २–२ विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप