भारतको लोकसभा चुनावको मिति घोषणा, सात चरणमा मतदान हुने
नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ। लोकसभा चुनाव सात चरणमा हुनेछ।
यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ । मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ ।
दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ । भोटिङ अप्रिल २६ मा हुनेछ।
तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ। जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ ।
तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०.५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् ।
निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण